निर्जीवन बीमा कम्पनीहरुको कुल आम्दानी बढ्यो, प्रभु र सानिमा जिआइसीको उल्लेखनीय बृद्धि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

८ श्रावण २०८०, सोमबार १७:३९

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय आर्थिक वर्ष २०७८।८९ को तुलनामा कुल ३.५९ प्रतिशतले बढेको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।८९ मा कुल ३ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका यिए ।

समिक्षा अवधिसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरु मध्ये आर्थिक वर्ष २०७८।८९ को तुलनामा प्रभु इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन सर्वाधिक बढेको छ । कम्पनीको यस्तो शुल्क समिक्षा अवधिसम्ममा २२.२० प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

दोस्रो नम्बरमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमुल्य बढेको छ । आर्थिक वर्ष २०७८।८९ को तुलनामा कम्पनीको शेयरमूल्य १९.४८ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो नम्बरमा नेशनल इन्स्योरेन्स रहेको छ । आर्थिक वर्ष २०७८।७९ को तुलनामा कम्पनीको बीमाशुल्क १२.३२ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७८।७९ को तुलनामा शिखर इन्स्योरेन्सको १० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ प्रतिशत, युनाइटेड अजोड इन्स्योेरेन्सको ६ प्रतिशत, ओरिन्टल इन्स्योरेन्सको ५ प्रतिशत, नेको इन्स्योरेन्सको २ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.४५ र नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशले बीमा शुल्क आर्जन बढेको प्रकाशित विवरणले देखाएको छ ।

समिक्षा अवधिमा सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय आर्थिक वर्ष २०७८।७९ को तुलनामा घटेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*