जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गम्भिर संकटमा, २४ प्रतिशतले घट्यो प्रथम बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

८ श्रावण २०८०, सोमबार २१:१३

काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ । बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको छ । बीमा प्राधिकरणले अभिकर्तामाथि गरेका अन्याय, हतोत्साहतपूर्वक व्यवहार, प्राधिकरणमा दक्ष जनशक्ति नहुँदा महिनैपिच्छे आउने निर्देशिकाहरुको अन्योल तथा देशमा उत्पन्न आर्थिक संकटका कारण जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय अप्ठेरो अवस्थामा पुगेको देखिएको हो ।

नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक रुपमा प्राप्त आव २०७९।०८० को तथ्याङ्क र अघिल्लो आव २०७८।०७९ को तथ्याङ्क विश्लेषण गर्दा असार मसान्तसम्ममा कुनै पनि जीवन वीमा कम्पनीहरुले नयाँ बीमा व्यवसाय बृद्धि गर्न सकेका छैनन् । १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २४.७२ प्रतिशतले घटेको छ ।

गत असारसम्ममा जीवन बीमा कम्पनीहरुको कुल प्रथम बीमा शुल्क आर्जन २४ प्रतिशतले घटेर ३१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८।०७९ मा कम्पनीहरुले ४१ अर्ब ४४ करोड रुपैयाँको प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाको प्रथम बीमाशुल्क आर्जन आव २०७८।०७९ को तुलनामा १ प्रतिशतले घटेको छ । संस्थानले समिक्षा अवधिसम्ममा ९५ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको छ । यद्यपि व्यवसाय नै नगरी बसेको संस्थानको बीमा शुल्क नगन्य मात्रामा घटेको देखिएको छ ।

दोस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योेरेन्स रहेको छ । कम्पनीको प्रथम बीमा शुल्क आव २०७८।०७९ को तुलनामा ७ प्रतिशतले मात्रै घटेको छ । कम्पनीले गत आवमा १ अर्ब ७४ करोड रुपैयाँको प्रथम व्यवसाय गरेको छ ।

तेस्रो नम्बरमा रहेको आइएमई लाइफको २०७८।०७९ को तुलनामा मा प्रथम बीमा व्यवसाय ७ प्रतिशतले घटेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्ममा नेपाल लाइफको १० प्रतिशत, मेट लाइफको १४ प्रतिशत, नेशनल लाइफको १७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन र सानिमा रिलायन्स लाइफको २३ प्रतिशत, एशियन लाइफको २८ प्रतिशत, सूर्यज्योति लाइफको २९ प्रतिशतले अघिल्लो आव २०७८।०७९ को तुलनामा प्रथम व्यवसाय घटेको छ ।
त्यस्तै, समिक्षा अवधिसम्ममा सिटिजन लाइफको ३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७ प्रतिशत, हिमालयन लाइफको ४८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ५० प्रतिशतले प्रथम बीमा व्यवसाय घटेको छ ।

अघिल्लो आवको तुलनामा प्रथम बीमा शुल्क उच्च अंकले घटे पनि कूल रकमको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ । नेपाल लाइफले छ अर्ब ५७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले तीन अर्ब ८७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रो नम्वरमा सूर्यज्योति लाइफ रहेको छ । सो कम्पनीले दुई अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दुई अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा सिटिजन लाइफले एक अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।
अघिल्लो आवमा कूल चार अर्ब १४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएकोमा गत आवमा तीन अर्ब १२ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन भएको छ ।

उता, राष्ट्रिय बीमा संस्थान गम्भिर अवस्थामा पुगेको छ । संस्थानले नयाँ व्यवसाय विस्तार गर्न असफल भएको छ । वर्ष दिनमा एक अर्बको व्यवसाय गर्न नसकेपछि कम्पनी सबैभन्दा पुच्चरमा पुगेको छ ।

नियामक निकयाले पटक पटक गिजोलेका कारण जीवन बीमा व्यवसाय धरासायी बने पनि बीमा कम्पनीहरुले साझा निष्कर्ष निकाल्न सकेका छैनन् । बीमा प्राधिकरणले अभिकर्तामाथि पटक पटक प्रहार गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*