बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार गर्ने योजना सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुरुवात गर्दैछौँः सिईओ नरेश रोका

१० श्रावण २०८०, बुधबार १३:३१

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलिदेखि संचालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन भोलि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलमार्फत हुने भएको छ।

प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत नरेश रोका रहेका छन् । कृषि विकास बैंकमा तीन दशक काम गरेको उनमा अनुभव रहेको छ। उनले कृषि विकास बैंकमा उप–महाप्रबन्ध पदमा ३० बर्ष काम गरेर उक्त अनुभव कम्पनीमा बाड्दैछन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाका अनुसार सुदूर पश्चिम प्रदेशका धनगढी केन्द्रमा राखेर विभिन्न ९ जिल्लास्थित विकट भौगेलिक स्थानमा रहेका सबै न्यून आय भएका जनताहरुलाई बीमाको दायरामा ल्याउने तयारी भईरहेको बताएका छन् ।

लघुबीमामार्फत न्यून आय भएका जनतासम्क्ष खुलेर जान नसकेको कारण नै सरकारले हामीलाई पठाएको हो । भखरै मात्रै सार्वजनिक गरेको निर्जिवन बीमा कम्पनीहरुको तथ्यांक केलाउने हो भने ०।१८ प्रतिशत लघुबीमाको व्यवसाय मात्रै भित्रिएको छ । बीमा कम्पनीहरुले समेट्न नसकेको बीमाको दायरा हामी समेट्छौ ।

बीमाको दाबीको समस्या र ग्रामीण भेगसम्मका जनताले बुझने बीमाको भाषा लिएर हामी पुग्दैछौ । पक्कै लघुबीमा कम्पनीले बीमाको दायरा विस्तारमा समेत ठूलो सहयोग पुराउने छ भन्ने मेरो अपेक्षा रहेको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको अनुदान प्राप्त कर्जाको सीमा सम्मको लघु बीमा, नेपाल सरकारको सहुलियतपूर्ण कर्जा व्यवस्था २०७५ अनुसार बिक्री गरिएका सवै बीमालेख लगायत लघु वित्त कर्जाको प्रति कर्जा ग्राहकको अधिकतम सीमासम्मको बीमा लघु बीमालेख हुने व्यवस्था रहेको छ । उक्त क्षेत्रमा पनि हाम्रो सक्रियता हुन्छ, उनले भने ।

हामीले बीमालाई प्रविधिमैत्रीमा जोड र दाबीलाई छिटो छरिटो बनाउने बिषयमा केन्द्रित रहेर काम गर्नेछौ, आश छ लघुबीमा कम्पनीहरुले न्यून आय भएका सबैलाई समेट्ने काम मात्रै नभई सबैमा बीमाको पहुँच पुराउने काममा पक्कै पनि सहयोग गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*