गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

१५ श्रावण २०८०, सोमबार १३:४५

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले विभिन्न जिल्लामा अवस्थित शाखाहरुमा कर्मचारीको माग गरेको छ । आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम स्नातक गरी मार्केटिङ सम्बन्धि ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

साथै स्थानीय र मोटरसाइकल अथवा स्कुटरको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखिने समेत सूचनामा उल्लेख गरिएकोछ ।

आवेदन दिन इच्छुक र योग्य जो कोहीले आफ्नो बैयक्तिक विवरण र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मा सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*