लघुबीमाको लाइसेन्स वितरण प्रक्रियाबारे बीमा प्राधिकरणलाई स्पष्टीकरण पेश गर्न अर्थमन्त्रालयको निर्देशन

१९ श्रावण २०८०, शुक्रबार १५:१४

काठमाडौं । अर्थमन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई लघुबीमा कम्पनी कम्पनीहरुको लाइसेन्स वितरणको औचित्य पुष्टि गर्ने लगायतका बुँदा राखेर जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ ।
चैत मसान्तभित्रै लघुबीमा कम्पनीहरुलाई कारोबार शुभारम्भ गर्ने समयअवधि दिएपनि उक्त समयभित्र कम्पनीहरु संचालनमा नआएको र अहिले जथाभावी सञ्चालनमा आइरहेको भन्दै जवाफ पेश गर्न स्पष्टिकरण सहितको पत्र प्राधिकरणमा पठाएको हो ।

पटक पटक बीमा लघुबीमा कम्पनीहरुको उद्घाटन गरीरहेको हुँदा अर्थमन्त्रालयले कति वटा लघुबीमा कम्पनी चाहिएको भन्दै प्रश्न स्पष्टीकरण सोधेको हो । अर्थमन्त्रालयले पठाएको पत्र बिहिवार प्राधिकरणले उक्त बिषयमा जवाफ दिने तयारी गरिरहेको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको थियो । सो बमोजिम बीमा प्राधिकरणले सात लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिएको थियो ।

बीमा प्राधिकरणमा आवेदन खुलाएर ३१ वटा आवेदक मध्ये सात कम्पनीलाई लाईसेन्स दिएको थियो । प्राधिकरणले यी कम्पनीबाट सात छनोट गरी लाईसेन्सको स्वीकृती दिएको थियो ।
लाइसेन्सका लागि छनौट भएका सात वटा कम्पनीहरु मध्ये चार वटाले मात्रै लाइसेन्स लिएर सञ्चालनमा आएका छन् । बाँकी तीन वटा कम्पनीहरुले चुक्ता पुँजि नै पुर्याउन सकेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*