नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने

२२ श्रावण २०८०, सोमबार १०:५०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालय मार्फत लिन चाहेको प्रस्तावित अमेरिकन डलर मुद्यती निक्षेप रकम, ब्याजदर र भुक्तानीको तरिका लगायतका विवरण भरी शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*