नेपाल पुनर्बीमा कम्पनीद्धारा १ अर्ब ६५ करोड दाबी भुक्तानी, साढे १३ करोड मात्रै नेपालबाट बाहिरियो

२४ श्रावण २०८०, बुधबार १७:०४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तराष्ट्रिय बीमा कम्पनीहरुको लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२ बीमा पोलसी वापत उक्त रकमको बीमा दाबी भुक्तानी दिएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको तथ्यांक हेर्दा राष्ट्रिय बजारबाटै बीमा दाबी भुक्तानी बढी भएको देखिएको छ। नेपालभित्रबाट मात्रै १३ सय बीमा पोलिसी वापत १ अर्ब ५२ करोड रुपैयाँ दाबी परेको छ । नेपाल पुनर्बीमाको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुबाट बीमा दाबी धेरै भएको देखिएको छ। असार मसान्तसम्ममा ८ सय ९८ बीमा पोलिसीको १ अर्ब ३२ करोड रुपैयाँ दाबी दिएको छ।

 

नेपाली बीमा बजारबाट जीवनतर्फ ४ सय २ वटा पोलिसीवापत १९ करोड ४३ लाख ९४ हजार ६ सय ८ रुपेयाँ दाबी परेको छ ।अन्तराष्ट्रिय बीमा कम्पनीहरुमार्फत १८२ वटा बीमा पोलिसीमार्फत १३ करोड ८१ लाख ६४ हजार ६ सय ८ रुपैयाँ मात्रै दाबीको रकम बाहिरीएको छ। नेपाल पुनर्बीमा कम्पनीमा गत आर्थिक बर्षको तुलनामा कम मात्रामा दाबी परेको हो ।

त्यस्तै, पुनर्बीमा कम्पनीले ३ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ अर्थात कुल दाबी मध्ये ६९.४४ प्रतिशत भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।कम्पनीले जीवन बीमा तर्फ १२ करोड ८० लाख रुपैयाँ र निर्जीवन बीमा तर्फ ३ अर्ब ६४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

नेपालमा हाल दुईवटा पुनर्बीमा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । नेपाल पुनर्बीमा पुरानो कम्पनी हो भने हिमालयन रि नयाँ कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनी सरकारी स्वामित्वमा रहेको कम्पनी हो भने हिमालयन रि प्राईभेट कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*