३१ अर्ब २३ करोड बढी प्रथम बीमा शुल्क आर्जन, नेपाल र नेशनल लाइफ सबैभन्दा अगाडि (तथ्यांकसहित) 

२५ श्रावण २०८०, बिहीबार १७:२८

काठमाडौं । असार मसान्तसम्ममा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कुल ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालमा हाल सञ्चालन रहेका १४ बीमा कम्पनीहरुले यस्तो आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रथम बीमाशुल्कका आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । समिक्षा अवधिमा कम्पनीले प्रथम बीमा शुल्कबाट ६ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ७१ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३८ करोड रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २८ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

यसका साथै साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफको प्रथम बीमा शुल्क आर्जन सर्वाधिक कम रहेको प्रकाशित विवरणले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*