जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क १४ प्रतिशत बृद्धि, सिटिजन लाइफ र महालक्ष्मी प्रभुको बृद्धिदर सबैभन्दा धेरै

२५ श्रावण २०८०, बिहीबार १७:३०

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क बापतको रकम १४.३३ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको औपचारिक विवरण अनुसार सबैभन्दा धेरै बृद्धि हुनेहरुमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी र रिलायबल नेपाल लाइफ लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले एक एक खर्ब ११ अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्ष यस्तो शुल्क ९७ अर्ब रुपैयाँ रहेको थियो ।

विवरण अनुसार नेपाल लाइफले सबैभन्दा धेरै ३० अर्ब ६१ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, एआईसी नेपालले १५ अर्ब सात करोड रुपैयाँ संकलन गर्दा हिमालयन लाइफले १२ अर्ब ६० करोड र नेशनल लाइफले १२ अर्ब ५५ करोड नविकरण बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, पाँचौं स्थानमा राष्ट्रिय बीमा संस्थानले सात अर्ब ३५ करोड, सूर्याज्योति लाइफले छ अर्ब नौ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले पाँच अर्ब ४७ करोड, मेट लाइफले चार अर्ब एक करोड, सिटिजन लाइफले तीन अर्ब ९५ करोड, सानिमा रिलायन्य लाइफले तीन अर्ब ८० करोड, आइएमई लाइफले दुई अर्ब ७५ करोड, महालक्ष्मी प्रभु लाइफले दुई अर्ब २८ करोड र सन नेपाल लाइफले दुई अर्ब दुई करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

बृद्धिदरको आधारमा सिटिजन लाइफ ५१.८५ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ४९.१६ प्रतिशतको बृद्धि हासिल गर्दा रिलायबल नेपाल लाइफले ४७.९९ प्रतिशतको बृद्धि हासिल गरेको छ भने सन नेपाल लाइफले ३७.५५ प्रतिशतको बृद्धि नविकरण बीमा शुल्कमा हासिल गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको नविकरण बीमा शुल्घ ऋणात्मक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*