जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

२५ श्रावण २०८०, बिहीबार १८:४९

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्ष यस्तो शुल्क ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

विवरण अनुसार सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम प्रतिशतले नयाँ व्यवसाय घटेको पाइएको छ । यस अवधिमा संस्थानको यस्तो व्यवसाय १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

सन नेपाल लाइफको १ अर्ब ७८ करोड रुपैयाँ, आइएमई लाइफको १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल लाइफको ६ अर्ब ५६ करोड रुपैयाँ, मेट लाइफको १ अर्ब २४ करोड रुपैयाँ, नेशनल लाइफको ३ अर्ब ८७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

असार मसान्तसम्ममा सञ्चालन रहेका जीवन बीमा कम्पनी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसायमा ४९.९० प्रतिशतले सर्वाधिक गिरावट आएको छ ।

त्यस्तैै, हिमालयन लाइफको प्रथम बीमाशुल्क गत आवको तुलनामा हिमालयन लाइफको ४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७ प्रतिशत, सिटिजन्स लाइफको ३१ प्रतिशत र अन्य कम्पनीको ३० प्रतिशत भन्दा कम प्रतिशतले घटेको प्रकाशित विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*