निर्जीवन बीमा व्यवसायमा प्रभु इन्स्योरेन्सको छलाङ, राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुछारमा, कसको अवस्था कस्तो ?

२८ श्रावण २०८०, आईतवार १९:१८

काठमाडौं । गत आवको निर्जिवन बीमा व्यवसायको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी उत्कृष्ट भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै भएको हो । त्यस्तै, कूल बीमा शुल्कको आधारमा शिखर इन्स्योरेन्स कम्पनीको दवदवा कायमै छ ।

गत आवमा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले पाँच अर्ब ३१ करोड रुपैयाँ भन्दा बढिको बीमा व्यवसाय गरेर आफूलाई उत्कृष्ट कम्पनीको रुपमा कायमै राख्न सफल भएको छ ।
त्यस्तै, व्यवसायको आकारका आधारमा चार अर्ब ५८ करोड रुपैयाँ कूल बीमा व्यवसाय गरेर दोस्रो स्थान रहेको छ । यद्यपि सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय बृद्धिदर भने ६.९७ प्रतिशत ऋणात्मक रहेको छ ।

समीक्षा अवधीमा प्रभु इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा बीमा व्यवसाय २२.२० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा एक अर्ब ३५ करोड बीमा व्यवसाय गरेको कम्पनीले गत आवमा एक अर्ब ६५ करोड कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । दोस्रोमा सानिमा जिआईसी रहेकोछ । सो कम्पनीको बीमा व्यवसाय १९.४८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा एक अर्ब ९४ करोड बीमा व्यवसाय गरेकोमा गत आवमा दुई अर्ब ३२ करोडको बीमा व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ह्वात्तै बढेको छ । नेपाली बीमा कम्पनीहरु मर्जरमा व्यस्त भएको मौका छोपेर दावी भुक्तानी नै नदिने भारतीय बीमा कम्पनीले बीमाको पहुँच ह्वात्तै बढाएको भेएिको हो । नेशनल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय १२.३९ प्रतिशतले बृद्धि भएको छ ।

 

त्यस्तै, आईजीई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ९.०६ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधीमा आईजी प्रुडेन्सियलले तीन अर्ब १० करोडबाट बढेर तीन अर्ब ३८ करोड पुगेको छ ।
सबैभन्दा धेरै व्यवसाय गिरावट हुनेमा राष्ट्रिय बीमा कम्पनीको १२.७१ प्रतिशतको ऋणात्मक छ । अघिल्लो आवमा दुई अर्ब ६४ करोडको व्यवसाय गरेको कम्पनीले चालु आवमा दुई अर्ब ३१ करोडको मात्रै व्यवसाय गरेको छ ।
त्यस्तै, व्यवसाय ऋणात्मक हुने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर कम्पनी परेको छ । सो कम्पनीको व्यवसाय चार अर्ब ७५ करोडबाट चार अर्ब ४२ करोडमा झरेको छ । समग्रमा कम्पनीको व्यवसाय ६.९७ प्रतिशतको ऋणात्मक छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको व्यवसाय २.३२ प्रतिशतले ऋणात्मक हुँदा नेपाल इन्स्योरेन्स कम्पनीको ०.३७ प्रतिशतले बृद्धि हासिल गरेको छ ।

व्यवसाय बृद्धदरको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको २.११ प्रतिशत, नेको इन्स्योरेन्स कम्पनीको २.४० प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ६.१३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ६.२७ प्रतिशतको बृद्धि हासिल गरेको छ ।

व्यवसायको आकारको आधारमा तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले तचार अर्ब ४२ करोडको व्यवसाय गरेको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको व्वसाय तीन अर्ब ४१ करोड हुँदा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको व्यवसाय तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

सबैभन्दा पहिलो मर्जरमा गएको बीमा कम्पनी हिमालयन एभरेष्टको कूल बीमा व्यवसाय तीन अर्ब ३५ करोड हुँदा नेको इन्स्योरेन्स कम्पनीको दुई अर्ब ९२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ४० करोडको व्यवसाय गर्दा सानिमा जिआईसीले दुई अर्ब ३२ करोडको व्यवसाय गरेको छ । सबैभन्दा कम व्यवसाय गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनीले एक अर्बको व्यवसाय गरेको छ । अर्को भारतीय कम्पनी ओरियन्टलले एक अर्ब ४९ करोडको व्यवसाय गरेको छ । नेपाली बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको सबैभन्दा कम एक अर्ब ५८ करोडको व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*