गार्डियन माईक्रो लाइफको पहिलो वित्तिय विवरण: मुनाफा २५ लाख माथि, व्यवसाय कति ?

२८ श्रावण २०८०, आईतवार १९:४२

काठमाडौं ।  गार्डियन माईक्रो लाइफले यस बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ। न्यून आय भएका वर्गमा पनि बीमाको पहुँच विस्तार गर्न संचालनमा ल्याएको कम्पनीले संचालनमा आएको आठ दिनमै २५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।यस अवधिसम्म्मा १२७ बीमा पोलिसीबाट १ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। पुनर्बीमा पश्चात्को बाँकि रकम भने ९१ हजार रुपैयाँ रहेको छ।

बीमा कम्पनीहरुले सम्पूर्ण जोखिम आफै धारण गर्न पाँउदैनन् । कम्पनीले जोखिम पुनर्बीमा कम्पनीमार्फत सुरक्षण गनुपर्दछ । सो कारण खुद बीमशुल्क आर्जनमा घट्न पुग्दछ ।कम्पनीको हालको चुक्ता पुँजि ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २२ लाख ८१ हजार रुपैयाँ र महाविपत्ति कोषमा २ लाख ५३ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, लगानी कर्जा तथा अन्य आयबाट १ करोड ६३ लाख ५२ हजार रुपैयाँ आय गरेको छ।कम्पनीले व्यवस्थापन खर्चको लागि भने १ करोड ३६ लाख रुपैयाँ रकम छुट्याएको छ।

कम्पनीको हालको खुद स्थिर सम्पत्ति १ करोड ५१ लाख रुपैयाँ रहेको छ भने दीर्घकालीन लगानी तथा कर्जा ४५ करोड ५० लाख रुपैयाँ रहेको छ।

कम्पनीले लेखापरीक्षण नभएका अंकहरु नियमन निकायको निर्देशन तथा लेखापरीक्षण पश्चात् हेरफेर हुने जनाएको छ।

नेपालको पहिलो लघुबीमा कम्पनीको रुपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत असार २२ गते विराटनगरबाट कारोबार शुभारम्भ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*