मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय

२९ श्रावण २०८०, सोमबार ०८:५६

काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो ।कम्पनीको खुद मुनाफा ३९ दशमलव ६६ प्रतिशतले घटेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशते वृद्धि भएको तथ्यांकले देखाएको छ । यस अवधिसम्म्मा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ४ अर्ब ९८ करोड थियो।
यस अवधिसम्ममा कम्पनीको भुक्तानी हुन बाँकि दाबी रकम ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ७८ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९७ करोडको दाबी भुक्तानी भएको थियो ।

कम्पनीको जीवन बीमा कोष २३ अर्ब २३ करोड रुपैयाँ रहेको छ, जगेडा कोष २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*