एलआईसी नेपालको वित्तिय विवरणः १०७ अर्बको जीवन बीमा कोष, बीमितले पाउने बोनस बृद्धिको आधार तय

२९ श्रावण २०८०, सोमबार ०९:१७

काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनी प्रगतिपथमा अघि बढिरहेको देखिएको छ । तथ्याङ्क अनुसार एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब सात अर्ब ४९ करोड ९४ लाख ६४ हजार ९०७ रुपैयाँ संचिती रहेको छ । कम्पनीको समग्र कोषको आकार एक खर्ब नौ अर्ब नाघेको छ ।

एलआइसी नेपालको खुद बीमा शुल्क आम्दानी ४.११ प्रतिशत ऋणात्मक रहेको छ । कम्पनीको अघिल्लो आवमा १८ अर्ब १३ करोठको बीमा व्यवसाय गरेकोमा गत आवमा १७ अर्ब ३९ करोडमा सीमित हुन पुगेको छ । देशमा उत्पन्न आर्थिक संकटको असर एलआईसी नेपालमा देखा परेकोछ । त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी घटेको छ । अघिल्लो आवमा ९ अर्ब रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा आठ अर्ब ९६ करोड मात्रै दावी भुक्तानी गरेको छ ।

कम्पनीको अभिकर्ता कमिशन १५ प्रतिशतले घटेर एक अर्ब ६९ करोडबाट एक अर्ब ४३ करोडमा झरेको छ । त्यस्तै हालसम्म कायम बीमा पोलिसी संख्या पनि घटेर सात लाख नौ हजारबाट छ लाख ९३ हजार कायम हुन आएको छ ।
समीक्षा अवधीमा कम्पनीको आम्दानी उल्लेख्य मात्रामा बृद्धि भएको देखिएको छ । कम्पनीले अघिल्लो आवमा जम्मा आठ अर्ब ९० करोड रुपैयाँ लगानी, कर्जा तथा बीमालेख धितोकर्जा र अन्य आम्दानी गरेकोमा गत आवमा यस्तो आय २२.२५ प्रतिशतले बृद्धि भई एक १० अर्ब ८८ करोड नाघेको छ ।

त्यस्तै व्यवस्थापन खर्च ७.८३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ९६ करोड खर्च गरेको कम्पनीले गत आवमा ८९ करोड व्यवस्थापन खर्च गरेको छ । खर्च कटौति गर्नु र आम्दानी बृद्धि गरेका कारण कम्पनीको जीवन बीमा कोषमा थप योगदान गर्न सफल भएको छ । जसको परिणाम आगामी दिनमा बीमितले पाउने बोनस अझै बृद्धि हुनसक्ने सम्भावना देखिएको छ ।

एलआईसी नेपालको मुनाफा ४५.५१ प्रतिशतले बृद्धि भई १२ करोड४६ लाख ७०हजार ६०२ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष घाटामा रहेको कम्पनी यसवर्ष मुनाफामा गएको हो । नियामकले लगाएको फ्युचर बोनस प्रोभिजन गरेका कारण कम्पनीको मुनाफा गर्न वर्ष खुम्चिएको थियो । यस वर्ष पनि सोही कारण मुनाफा प्रभावित भएको हो । फ्युचर बोनसका कारण लगानीकर्ताहरुलाई तत्काल कम नाफा देखिए पनि भविष्यमा बीमित र लगानीकर्ता दुवैका लागि फाइदाजनक हुनेछ ।

एलआईसी नेपालको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४५६८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी ४.७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*