खर्बमाथि बीमा कोष भएको नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को अब्बल ?

२९ श्रावण २०८०, सोमबार १२:४८

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । दुई कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दोस्रो नम्बरमा पर्दछ ।

दुई पुराना र स्थापित जीवन बीमा कम्पनीको व्यापार हेर्दा नेपाल लाईफ इन्स्योरेन्स अघि देखिएको छ।जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पधार्मा एलआईसी नेपालबीच हुने गर्छ ।दुवै कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण अनुसार नेपाल लाइफको मुनाफा घटेको देखिएको छ भने एलआईसी नेपालको वृद्धि देखिएको छ।

नियामक निकाय बीमा प्राधिकरणले तोके अनुसार नेपाल लाइफको चुक्ता पुँजि पुगिसकेको छ भने एलआईसी नेपालको बाँकि रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गरेर पुँजि पुराउदैछ । हकप्रद शेयर जारी पछि कमपनीको पुँजि ५ अर्ब रुपैयााँ पुग्दैछ ।

नेपाल लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल )कम्पनीलाई बीमापोष्ट टिमले गरेको तुलनात्मक अध्ययन :

Insurance Company Reports

 

चुक्ता पुँजिको आधारमा

नियामक निकाय बीमा प्राधिकरणले दिएको पुँजि वृद्धि योजना अनुसार जीवन बीमा कम्पनीहरको पुँजि पाँच अर्ब रुपैयाँ अनिवार्य रहेको छ। सो बमोजिम नेपाल लाइफलाई पुँजिको कुनै तनाव छैन । कम्पनीको पुँजि चाहिने भन्दा बढी नै रहेको छ। एलआईसी नेपालले पनि हकप्रद शेयर जारी गरेर पुँजि पुराउन लागि सकेको छ।
चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीले वित्तिय स्वास्थ्यताको रुपमा पनि निकै बलियो कम्पनी हो ।
कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
त्यस्तै, एलआईसी नेपालको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले बीमा प्राधिकरणले दिएको पुँजि पुराउन हकप्रद शेयर जारी गर्दैछ । सो प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको संचालक दुबैबाट पारित भईसकेको छ।

जीवन बीमा कोष
जीवन बीमा कोषमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ रकम मौजुद रहेको छ।
त्यस्तै, एलआईसी नेपालको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब रुपैयाँ रकम मौजुद रहेको छ।

जम्मा कोषको आधारमा
जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष गरी जम्मा रकमका आधारमा हेर्ने हो भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ।
नेपाल लाइफको कोषमा जम्मा रकम १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ।
एलआईसी नेपालको कोषमा जम्मा रकम १ खर्ब ९ अर्ब रुपैयाँ रहेको छ।

खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। असार मसान्तसम्ममा कम्पनीले कुल बीमाशुल्कको रकम पुनर्बीमा गराई ३६ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जनमा राख्न सफल भएको छ।
त्यस्तै, एलआईसी नेपालले खुद बीमाशुल्क वापत १७ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जनम राख्न सफल भएको छ।

खुद दाबी भुक्तानी
दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफ नै खुद दाबी भुक्तानीमा अगाडि रहेको छ।
कम्पनीको बीमा व्यवसाय वृद्धि अग्रस्थानमा भएपछि दाबी भुक्तानी वृद्धिदर पनि अगाडि हुनु स्वभाविक नै हो । बीमा रिक्स कभरकै लागि गरीन्छ । सो कारण दाबी भुक्तानी रकम उठ्नु पनि स्वभाविक नै हो ।
त्यस्तै, चौथौ त्रैमासको अवधिसम्ममा एलआईसी नेपालले ८ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी बीमितहरुलाई हस्तान्तरण गरीसकेको छ।

लगानी, कर्जा अन्यबाट आय
नेपाल लाइफले यस अवधिसम्म्मा लगानी, कर्जा अन्यबाट आयबाट १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, एलआईसी नेपालले १० अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ।

व्यवस्थापन खर्च
व्यवस्थापन खर्चमा नेपाल लाइफ लाइफ एलआईसी नेपालको तुलनामा दुई गुणा अगाडि रहेको छ।
नेपाल लाइफले आफना कर्मचारी र अभिकर्ताहरुको दक्षतालाई ख्याल गर्दै तालिम केन्द्रहरुको स्थापना गरेको हुँदा कम्पनी व्यवस्थापन खर्चमा अग्रस्थानमा रहेको छ । यस त्रैमाससम्ममा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ रकम छुट्याएको छ।
त्यस्तै, एलआईसी नेपालले ८९ करोड रुपैयाँ रकम छुट्याएको छ।

अभिकर्ता कमीशन
नेपाल लाइफ अभिकर्ता कमीशनमा अग्रस्थानमा रहेको छ। कम्पनीले यस त्रैमाससम्म्मा आफना अभिकर्ताहरुलाई बीमा पोलिसी बिक्रि गरेवापत ३ अर्ब १० करोड रुपैयाँ कमीशनमा खर्च गरेको छ।
त्यस्तै, एलआईसी नेपालले चौथौ त्रैमाससम्मा १ अर्ब ४३ करोड रुपैयाँ अभिकर्ताको लागि कमीशन दिएको छ।

खुद मुनाफाको आधारमा
एलआईसी नेपालको मुनाफा ४५.५१ प्रतिशतले बृद्धि भई १२ करोड४६ लाख ७०हजार ६०२ रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष घाटामा रहेको कम्पनी यसवर्ष मुनाफामा गएको हो । नियामकले लगाएको फ्युचर बोनस प्रोभिजन गरेका कारण कम्पनीको मुनाफा गर्न वर्ष खुम्चिएको थियो ।
यस वर्ष पनि सोही कारण मुनाफा प्रभावित भएको हो । फ्युचर बोनसका कारण लगानीकर्ताहरुलाई तत्काल कम नाफा देखिए पनि भविष्यमा बीमित र लगानीकर्ता दुवैका लागि फाइदाजनक हुनेछ । समीक्षा अवधीमा कम्पनीको मुनाफा झण्डै त्यस्तै, नेपाल लाइफको मुनाफा ३०० प्रतिशतले बृद्धि भएको छ । गत आवमा नियामकीय व्यवस्थाका कारण फ्युचर बोनस प्रोभिजनको कारण ३५ करोड घाटामा रहेको कम्पनी गत आवको बार्षिक वित्तिय विवरणमा ६७ करोड ४४ लाख ३५ हजार ८२९ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिशेयर आम्दानी
नेपाल लाइफको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेकोछ । भने एलआईसी नेपालको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा रहेको छ।

प्रतिशेयर नेटवर्थको आधारमा
प्रतिशेयर नेटवर्थको आधामरा एलआईसी नेपाल अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १६४ दशमलव २५ रहेकोछ ।
त्यस्तै, नेपाल लाइफको प्रतिशेयर नेटवर्थ ११८ दशमलव ८४रहेको छ।

नोटः यो बिश्लेषण कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणको आधारमा तयार पारिएको हो । लगानीकर्ताले शेयर खरिदबिक्रि गर्नुपूर्व अन्य सूचकहरु पनि बिश्लेषण गनुपर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*