नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, मुनाफा कति ?

२९ श्रावण २०८०, सोमबार १२:४४

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष र नाफामा सुधार भएको छ ।

कम्पनीको बीमा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ संचित रहेको छ । अघिल्लो आवको तुलनामा बीमा कोष २० प्रतिशतले बृद्धि भएको प्रकाशित विवरणले देखाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्ममा ५५ करोड ७१ लाख रुपैयाँ बीमा कोषमा संचिती रहेको थियो । अघिल्लो आर्थिक वर्षमा १२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीले असार मसान्तसम्ममा २० करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १२ प्रतिशतले बढेर १ अर्ब १ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद दावी भुक्तानी उल्लेख्य बृद्धि भई ५९ करोड ७८ लाख रुपैयाँबाट बृद्धि भई ७५ करोड ४४ लाख रुपैयाँ पुुगेको छ ।

कम्पनीको कर्जा लगानी तथा अन्यबाट प्राप्त आम्दानी ४२ प्रतिशतले बृद्धि भई २१ करोड ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, व्यवस्थापन खर्च ९ करोड ५८ लाख रुपैयाँबाट १.६६ प्रतिशतले घटेर ९ करोड ५८ लाख रुपैयाँमा सीमित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ७५ करोड ४४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २६.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५९ करोड ७८ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या २ करोड ३८ लाख बाट बढेर ३ करोड ३९ लाख पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*