एशियन लाइफ र सूर्यज्योति लाइफमा कुन राम्रो ? लगानी गर्नु अघि हेरौ कम्पनी विश्लेषण

२९ श्रावण २०८०, सोमबार १७:४७

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ र एशियन लाइफ प्रतिकुल व्यवसाय गर्ने कम्पनीहरु हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार दुुबै कम्पनीका अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । दुबै कम्पनीहरुलाई तुलनात्मक रुपले अध्ययन गर्दा साबिकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफ र एशियन लाइफ व्यवसायिक रुपमा हेर्दा प्रतिस्प्रधि देखिएको छ ।

चुक्ता पुँजीको आधारमा

नियामक निकाय बीमा प्राधिकरणले दिएको पुँजी वृद्धि योजना अनुसार साबिकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफले चुक्ता पुँजी पुर्याएको छ । समिक्षा अवधिमा चुक्ता पुँजीका आधारमा सूर्यज्योति लाइफ अगाडी रहेको छ ।

यस अवधिमा सूर्यज्योति लाइफको ४ अर्ब ५४ करोड रुपैयाँ र एशियन लाइफको ३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

जीवन बीमा कोष

जीवन बीमा कोषको आधारमा चाँही एशियन लाइफ अगाडी रहेको छ । समिक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषमा ३६ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सूर्यज्योति लाइफको २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ रहेको छ ।

जम्मा कोषको आधारमा
जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष गरी जम्मा रकमका आधारमा हेर्ने हो भने पनि एशियन लाइफ नै अगाडी रहेको छ । एशियन लाइफ जम्मा कोषमा जम्मा रकम ३७ अर्ब ३७ करोड रुपैयाँ र सूर्यज्योति लाइफको २९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा सूर्यज्योति लाइफ अगाडी रहेको छ । यस अवधिमा कम्पनीले ८ अर्ब ५१ करोड बढी रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एशियन लाइफले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद दाबी भुक्तानी
खुद दावी भुक्तानीका आधारमा एशियन लाइफ अग्रस्थानमा रहेको छ । यस अवधिमा एशियन लाइफले कुल २ अर्ब ८५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । त्यस्तै, समिक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ४ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

लगानी, कर्जा अन्यबाट आय

एशियन लाइफले लगानी, कर्जा अन्यबाट आयबाट यस अवधिमा सूूर्यज्योति लाइफ भन्दा बढी रकम आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ ।

व्यवस्थापन खर्च
व्यवस्थापन खर्चको आधारमा साबिकको सूूर्य लाइफ र ज्योति लाइफ मर्ज भई एक भएको सूर्यज्योति लाइफ अग्रस्थानमा रहेको छ । दुई कम्पनी मर्र्ज भई एक बनेको भएर यस्तो खर्च बढेको हुनसक्ने अनुमान गरिएको छ ।
यस अवधिमा सूर्यज्योति लाइफले ८९ करोड ११ लाख रुपैयाँ र एशियन लाइफको ७० करोड २३ लाख रुपैयाँ रहेको छ ।

अभिकर्ता कमीशन
सूर्यज्योति लाइफ अभिकर्ता कमीशनमा अग्रस्थानमा रहेको छ। कम्पनीले यस त्रैमाससम्म्मा आफना अभिकर्ताहरुलाई बीमा पोलिसी बिक्रि गरेवापत ९१ करोड ६६ लाख रुपैयाँ र एशियन लाइफले ७१ करोड ५४ लाख रुपैयाँ वितरण गरेको छ ।

खुद मुनाफाको आधारमा

खुद मुनाफाका आधारमा एशियन लाइफ अग्रस्थानमा रहेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा सूर्यज्योति लाइफले ४ अर्ब ६० करोड रुपैयाँ यस्तौ आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी
सूर्यज्योति लाइफ प्रतिशेयर आम्दानीको आधारमा अगाडी रहेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ । भने एशियन लाइफको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा
प्रतिशेयर नेटवर्थको आधारमा पनि सूर्यज्योति लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६१ दशमलव ८४ रहेका छ ।त्यस्तै, एशियन लाइफको प्रतिशेयर नेटवर्थ ११४ दशमलव ८२ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*