आईएमई लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३० श्रावण २०८०, मंगलवार ०६:४६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा कम्पनीको सबै सूचांकमा सकारात्मक सुधार देखिएको छ भने मुनाफामा छलाङ मार्न सफल भएको छ ।

गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १६ दशमलव ४८ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ४ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३ अर्ब ४४ करोड थियो । कम्पनीले हालसम्म १ अर्ब ६ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ४३.२५ प्रतिशतले बृद्धि भई चार अर्ब ७१ करोडबाट बढेर छ अर्ब ७५ करोड पुगेको छ । त्यस्तै, जगेडा कोषको आकार २४९ प्रतिशतले बृद्धि भई दुई अर्ब ७१ करोड नाघेको छ । कम्पनीको समग्र कोषको आकार नौ अर्ब ५९ करोड नाघेको छ । यो नयाँ कम्पनीहरुमा रामो कोष हो । जीवन बीमा कम्पनीको बलियोपना मापन गरिने र बीमितलाई लाभ प्रदान गर्न जीवन बीमा कोष महत्वपूर्ण हुन्छ ।

कम्पनीको मुनाफा भने गत आर्थिक बर्षको तुलनामा दुई गुणाले वृद्धि देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २४ करोड ०८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनी १२ करोड ८६ लाख रुपैयाँ खुद नाफामा थियो ।

इन्स्योरेन्सको हालको चुक्ता पूँजी ४ अर्ब रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा रहेको छ ।

कम्पनीको वित्तीय विवरणमा उच्च व्यवस्थापकीय क्षमता झल्किएको छ । कम्पनीको कोष परिचालन गरी गर्ने आम्दानी ५६.२३ प्रतिशतले बृद्धि गर्दै ५६ करोडबाट ८८ करोड पुर्याउन सफल भएको छ । त्यस्तै, व्यवस्थापन खर्च ३ प्रतिशतले घटाएर ६० करोडबाट ५८ करोडमा झारेको छ ।

कम्पनीले आफ्ना बीमा अभिकर्ताहरुलाई दिने कमिशन रकम १५ प्रतिशतले घटेर ५५ करोडबाट ४६ करोडमा झरेको छ । त्यस्तै, हाल कायम बीमा पोलिसी संख्या पनि २० प्रतिशतले बृद्धि भई तीन लाख ५३ हजार १३७ बाट बढेर चार लाख २५ हजार ७५४ वटा पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*