वित्तीय विवरणमा शिखरको उत्कृष्टता कायमै, समग्र व्यवसाय ९% ले फैलँदा मुनाफामा ४६% को बृद्धि, अन्य सूचांक यस्तो

३० श्रावण २०८०, मंगलवार ०७:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार देशको सबैभन्दा ठूलो निर्जीवन कम्पनीको रुपमा आफूलाई थप उत्कृष्ट कम्पनीको परिचय बनाउन सफल भएको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स कम्पनीको व्यवसायिक साम्राज्य थप ९.०३ प्रतिशतले बृद्धि भई कूल बीमा शुल्क आम्दानी चार अर्ब ८७ करोडबाट बढेर पाँच अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी २५.२६ प्रतिशतले बृद्धि भई एक अर्ब २७ करोडबाट बढेर एक अर्ब ५९ करोड पुगेको छ ।

कम्पनीको खुद नाफा ४६.५६ प्रतिशतले बृद्धि भई गत आवमा ४० करोड ३१ लाख ७४ हजार ८३२ रुपैयाँ आर्जन गर्न सफल भएको छ । दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी १५.१९ रुपैयाँ रहेको छ ।
शिखर इन्योरेन्स कम्पनीको बीमा कोष १५.०९ प्रतिशतले बृद्धि भई एक अर्ब ५३ करोड ७४ लाख नाघेको छ । समग्रमा जगेडा कोष तथा महाविपत्ति कोष सहित कूल कोषको आकार दुई अर्ब २८ करोड नाघेको छ ।

कम्पनीको दावी भुक्तानी सामान्य बृद्धि भई एक अर्ब चार करोडबाट बढेर एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, कर्जा लगानी तथा पुनर्बीमा कमिशन आय समेतको परिचालनबाट हुने आयमा सामान्य ह्रास आउँदा ९९ करोड २३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च ६७ करोडबाट बढेर ७५ करोड पुगेको छ ।

कम्पनीमा जारी बीमालेखको संख्या १३.५१ प्रतिशतले बृद्धि भई दुई लाख ६२ हजार ५९८ बाट बढेर दुई लाख ९८ हजार ६६ वटा पुगेको छ । समीक्षा अवधीमा कूल बक्यौता दावी भुक्तानीमा २२.३२ प्रतिशतले घटेर दुई अर्ब ४२ करोडबाट झरेर एक अर्ब ८८ करोडमा आएको छ ।

आर्थिक संकटका बीचमा समग्रमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएको छ । कम्पनीका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*