हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफामा छलाङ, बीमा व्यवसाय पनि उत्साहजनक

३० श्रावण २०८०, मंगलवार ०८:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको अधिंकाश सूचकमा सुधार देखिएको छ।
चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४ प्रतिशतले बढेको छ।

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनकिो लगानी, अन्य कर्जाबाट आम्दानी भने यस अवधिसममा २२ प्रतिशतले घटेको देखिएको छ।कम्पनीको चुक्ता पुँजि ५ प्रतिशतले घटेर २ अर्ब ३० करोड रुपैयाँमा सिमित भएको छ।

त्यस्तै जगेडा कोष २१ प्रतिशतले घटेर ६९ करोड ८ लाख रुपैयाँमा संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको बीमा कोष १८ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*