नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

३० श्रावण २०८०, मंगलवार १०:११

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालयमा पेश गर्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*