वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी

३० श्रावण २०८०, मंगलवार १०:०४

काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेपछि सानिमा लाइफमा टेकेर कम्पनी अघि बढेको छ भने रिलायन्स लाइफ खारेजीमा गएको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार २१.७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा दुई कम्पनीको एकीकृत जीवन बीमा कोषको आकार सात अर्ब १० करोड रुपैयाँको थियो । गत आवको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ६४ करोड २२ लाख छ हजार रुपैयाँ संचिती भएको छ ।

त्यस्तै, जगेडा कोष तथा महाविपत्ति कोषसहित समग्र कोषको आकार नौ अर्ब ५० करोड रुपैयाँ संचिती रहेको देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी एकीकृत आम्दानीको तुलनामा ३६ प्रतिशतले मात्रै घटेको छ । अघिल्लो आवमा दुई कम्पनीले पाँच अर्ब ३० करोडको व्यवसाय गरेकोमा गत आवको अन्त्यसम्ममा तीन अर्ब ३५ करोडको व्यवसाय गरेको छ । त्यस्तै, खुद दावी भुक्तानी उच्च अंकले घटेको तथ्याङ्कमा देखिएको छ ।

 

कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोकर्जाबाट प्राप्त आम्दानी सामान्य अंकले घटेको छ । अघिल्लो आवमा दुई कम्पनीले ९१ करोड ९४ लाख आम्दानी गरेकोमा गत आवको अन्त्यसम्ममा ८५ करोड पाँच लाख ८२ हजार रुपैयाँ मात्रै आम्दानी गरेको देखिएको छ । त्यस्तै, व्यवस्थापन खर्च उच्च अंकले घटेको देखिएको छ । अघिल्लो आवमा दुई कम्पनीले ९२ करोड ७२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा गत आवमा ४७ करोड १४ लाख ५९ हजार रुपैयाँ मात्रै व्यवस्थापन खर्च गरेको देखिएको छ । कम्पनी मर्जरमा गएपछि कर्मचारी तथा शाखा कटौति भएकोले व्यवथापन खर्च घटेको हो ।

त्यस्तै, बीमा अभिकर्ताले पाउने कमिशन समेत ४८.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ८४ करोड रुपैयाँ अभिकर्ताले बुझेकोमा गत आवमा जम्मा ४३ करोड ५७ लाख मात्रै बीमा अभिकर्ताले पाएका छन् ।
कम्पनीको खुद नाफामा एकीकृत कम्पनीको खुद नाफाको तुलनामा २१.९९ प्रतिशतले घटेर २८ करोडबाट २१ करोडमा झरेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*