प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ७ अर्बमाथि, एकीकृत वित्तिय विवरणमा सबै सूचांक घट्यो

३० श्रावण २०८०, मंगलवार ११:०२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटेको छ ।

कम्पनीको जीवन बीमा कोष ४०.२९ प्रतिशतले बृद्धि भई ५ अर्ब १६ करोडबाट ७ अर्ब २४ करोड नाघेको छ । त्यस्तै, जगेडा कोष ७ प्रतिशत र महाविपत्ति कोष ८.४७ प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार ८ अर्ब ६ करोड रुपैयाँ पुुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५०.२२ प्रतिशतले घटेको छ । कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ८२ करोडबाट घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बीमा दावी भुक्तानी भने ६२ करोड ३७ लाख रुपैयाँबाट बृद्धि भई ८३ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.२४ प्रतिशत बढी हो ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आय बापतको आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षमा ६४ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी गत आवमा १८ प्रतिशतले घटेर ५२ करोड ८७ लाख रुपैयाँमा सीमित रहेको प्रकाशित विवरणले देखाएको छ ।

त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च ५० प्रतिशतले घटेर ८४ करोड ५४ लाखबाट ४१ करोड ८१ लाख रुपैयाँमा झरेको छ । मर्जरपछि कर्मचारी कटौति, शाखा बन्द जस्ता कारणले व्यवस्थापन खर्च घटेको हो । जसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको देखिएको छ ।

कम्पनीको मुनाफा ३६.९६ प्रतिशतले घटेर १६ करोड ६६ लाख रुपैयाँबाट १० करोड ५० लाख रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या बढेर ३ लाख ८६ हजार २०९ बाट बढेर ४ लाख ५८ हजार ४६६ ७५६ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा र प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*