दुई वटा लघु निर्जीबन बीमा कम्पनीले साउन महिनामा गरे ९५ हजार रुपैयाँको व्यवसाय, कुनको कति ? (तथ्यांकसहित)

११ भाद्र २०८०, सोमबार १६:३२

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुले ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २५ वटा बीमालेख जारी गरेको छ ।

आज प्रकाशित बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्यारेन्सले १७ बीमालेख जारी गरी ६३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योेरेन्सले साउन महिनामा ८ वटा बीमा लेख जारी गरी ३२ हजार रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

नेपाली बीमा क्षेत्रमा माइक्रो इन्स्योरेन्सको अबधारण नयाँ रहेको छ । हाल नेपालमा नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*