व्यवसाय बृद्धिमा राष्ट्रिय बीमा संस्थान, आइएमई र सानिमा रिलायन्स लाइफ अगाडी, अन्य कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

१२ भाद्र २०८०, मंगलवार १७:२६

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ३० दशमलव २१ प्रतिशतले बृद्धि भएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी ५६५ प्रतिशतले बृद्धि भएको छ । प्रकाशित वित्तीय विवरण कम्पनीले साउन महिनामा तीन अर्ब ३४ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको आईएमई लाइफको कुल बीमा शुल्क आर्जन ३७ दशमलव ५७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीवले साउन महिनामा ५२ करोड ५९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

सानिमा रिलायन्स लाइफ साउन महिनामा कुल बीमा शुल्क बृद्धिको आधारमा तेस्रो स्थानमा रहेको छ । कम्पनीले साउन महिनामा ६६ करोड ८१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३६ दशमलव ६७ प्रतिशतले बृद्धि भएको छ ।

साउन महिनामा प्रभु महालक्षी लाइफको ३५ प्रतिशत, रिलायबल नेपाल लाइफको ३० प्रतिशत, हिमालयन लाइफको १६ प्रतिशत, एशियन लाइफको १५ प्रतिशत, नेशनल लाइफ र सिटिजन लाइफको ११ प्रतिशत र नेपाल लाइफको ९ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि भएको बीमा प्राधिकरणले आज प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, यस अवधिमा सूूर्यज्योति लाइफको ६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ प्रतिशत, मेट लाइफको प्रतिशतले बढेको छ भने सन नेपाल लाइफको ९ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*