नयाँ आर्थिक बर्ष लागेसँगै गार्डियन माइक्रो र क्रेष्ट माइक्रो लाइफले कति गरे बीमा व्यवसाय ?

१२ भाद्र २०८०, मंगलवार १७:४७

काठमाडौं । नयाँ आर्थिक बर्षको सुरुवातदेखि बीमा प्राधिकरणबाट इजाजत प्राप्त हाल संचालनमा आएका लघु जीवन बीमा कम्पनीहरुले साढे ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले न्यून आय भएका ग्रामीण भेगका सबैलाई बीमामा सहभागी गराउन ल्याएको लघुबीमामा बीमितहरुको आकर्षण बढ्दै गईरहेको छ।

बीमा प्राधिकरणको तथ्यांङ्क अनुसार दुई लघुबीमा कम्पनीहरुले साउन महिनामा दुई माइक्रो लाइफ ५ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गार्डियन माइक्रो लाइफले साउन महिनामा ४ लाख माथि लघुबीमा व्यवसाय गर्न सफल भएका छन् । यस माईक्रो लाइफले ३५५ वटा बीमा पोलिसी विक्री गरी ४ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा झण्डै डेढ लाख रुपैयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

कम्पनीले ११९ वटा बीमा पोलिसी वापत १ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय र क्रेष्ट माइक्रो लाइफले विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गरेर शुभारम्भ गदैै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*