बैदेशिक रोजगार म्यादी बीमा शुल्क संकलनमा सन नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

१३ भाद्र २०८०, बुधबार १४:३७

काठमाडौं । नेपाल सरकारले रोजगारमा जाने श्रमिकहरुलाई बीमा अनिवार्य गरेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्ममा वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा जाने १६ लाख ७६ हजार दुई सय ९६ जना नेपाली श्रमिकहरुले बीमा गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा बैदेशिक रोजगार म्यादी बीमाका ५८ हजार ८ सय बीमालेखबाट २४ करोड ६९ लाख ९० हजार रुपैयाँ बराकरको बीमा शुल्क आर्जन गरेको छ । साउन महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये १० कम्पनीहरुले मात्रै वैदेशिक रोजगारमा रहेका नेपालीको बीमा गरेको पाएको छ ।

प्रकाशित विवरण अनुसार साउन महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले साउन महिनामा वैदेशिक रोजगारमा रहेका १३ हजार ७३३ बीमालेखहरुबाट पाँच करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा १२ हजार १७० बीमालेखबाट पाँच करोड ५३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो समयमा आठ हजार ४५८ बीमालेखहरुबाट तीन करोड ३८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

साउन महिनामा सूर्यज्योति लाइफले पाँच हजार १५४ बीमालेखबाट दुई करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले चार हजार ३३२ बीमालेखबाट एक करोड ७९ लाख रुपैयाँ, नेशनल लाइफले चार हजार २७९ बीमालेखबाट एक करोड ७८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा सानिमा रिलायन्स लाइफले चार हजार १५८ बीमालेखबाट एक करोड ६७ लाख रुपैयाँ, सिटिजन लाइफले तीन हजार ६२७ बीमालेखबाट एक करोड ४८ लाख रुपैयाँ, एशियन लाइफले दुई हजार ८०८ बीमालेखबाट एक करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

साउन महिनामा सबैभन्दा कम प्रभु महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन देखिएको छ । सो महिनामा कम्पनीले ८१ बीमालेखबाट तीन लाख ४४ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*