जीवन बीमा कम्पनीहरुको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी २५ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

१८ भाद्र २०८०, सोमबार १६:३७

काठमाडौं । अघिल्लो आवको तुलनामा गत आवमा १२ कम्पनीको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी बढेको छ भने दुई जीवन बीमा कम्पनीको आम्दानी घटेको छ ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको असार मसान्तसम्म ४१ अर्ब १४ करोड ९८ लाख ३४ हजार लगानी कर्जा तथा अन्यबाट आय आम्दानी भएकोमा गत आवको असार मसान्तसम्ममा यस्तो आम्दानी ५१ अर्ब ५९ करोड ९२ लाख पुगेको छ । जुन समग्रमा २५ प्रतिशतले बढेको छ ।

रिलायबल नेपालको लगानी, कर्जा तथा अन्यबाट आय आम्दानी सर्वाधिक ६२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५७ करोड आम्दानी प्राप्त गरेकोमा गत आवमा यस्तो आम्दानी ९३ करोड ५३ लाख पुगेको छ । दोस्रोमा आईएमई लाइफको ५६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ५६ करोड आम्दानी प्राप्त गरेकोमा गत आवमा यस्तो आम्दानी ८८ करोड प्राप्त गर्न सफल भएको छ ।

त्यस्तै, सिटिजन लाइफको ५१, एशियन लाइफको ३३, सन नेपाल लाइफको ३२, राष्ट्रिय बीमा संस्थानको ३१, हिमालयन लाइफ र मेट लाइफको २८, नेपाल लाइफको २७, एलआईसी नेपालको २२ नेशनल लाइफको १९ र सूर्यज्योति लाइफको सर्वाधिक कम ११ प्रतिशतले लगानी कर्जा तथा अन्यबाट आय आम्दानी बढेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफको यस्तो आय घटेको छ । प्रभु महालक्ष्मीले अघिल्लो आवमा ६४ करोड ८५ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोमा गत आवमा ५२ करोड ८७ लाख ५५ हजार रुपैया मात्र आर्जन गर्न सफल भएको छ । जुन १८ प्रतिशतले घटेको हो । त्यस्तै, अघिल्लो आवमा ९१ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको सानिमा रिलायन्सले गत आवमा ७ प्रतिशतले घटेर ८५ करोड ५ लाख रुपैया आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*