बीमा कम्पनीपछि अब पुनर्बीमा कम्पनीको पुँजि बृद्धि गर्ने तयारीमा बीमा प्राधिकरण, न्यूनतम १५ अर्ब पुर्याइने

२४ भाद्र २०८०, आईतवार ११:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि वृद्धि गर्ने बिषयमा छलफल सुरु गरेको छ ।यसअघि बीमा कम्पनीहरुको चुक्ता पुँजि रातारात बृद्धि गरेको बीमा प्राधिकरणले दोस्रो चरणको पुँजि बृद्धिको योजना अन्तर्गत अब पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्ने योजना अघि बढाएको हो ।

हाल संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुको पुँजिवृद्धि गरी कम्तीमा १५ अर्ब पुर्याउने योजनामा काम भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । पुजिवृद्धि योजनाको तयारी भइरहेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।
पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी कम्तीमा १५ अर्ब रुपैयाँ कायम गर्ने कोणबाट छलफल भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सिलवालको भनाइ छ ।

बीमा कम्पनीहरुले आफूलाई बलिायो बनाइसेकोले अब पुनर्बिमा कम्पनीको पुँजीको सीमा बढाउनुपर्ने प्राधिकरण केन्द्रित हुने उनको धारणा रहेको छ । बीमा कम्पनी भन्दा पुनर्बीमा कम्पनीको चुक्ता पुँजि भएकोले पनि चुक्ता पुँजि बनाउनै पर्ने दवावमा बीमा प्राधिकरण रहेको छ ।

अध्यक्ष सिलवालले जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमकको चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गरिएको भन्दै पुनर्बीमा कम्पनीहमा अझै रिक्सको क्षमता बढी हुनुपर्ने भएकोले पुँजि वृद्धि गर्नुपर्ने अवस्था आएको उनले बताए । हाल पुनर्बीमा कम्पनीको न्यूनत्तम चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब रुपैयाँभन्दा माथि छ । त्यस्तै, निजि क्षेत्रद्धारा संचालित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ मात्र रहेको छ । आईपिओ जारी गरेपछि हिमालयन रिको चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*