विदेशी पुनर्बीमा दलालहरुको रणनीतिले नेपालका पुनर्बीमा दलालहरुलाई सकस

२५ भाद्र २०८०, सोमबार २०:२४

काठमाडौं । विदेशी पुनर्बीमा दलालहरुको रणनीतिले नेपालका पुनर्बीमा दलालहरुलाई सकस पर्न थालेको छ । हाल नेपालमा १५ नेपाली पुनर्बीमा ब्रोकर कम्पनीहरु संचालनमा रहेका छन् ।प्राधिकरणले नेपालमै रहेका पुनर्बीमा मैत्री कुनै निर्णय नगर्दा कम्पनीहरु चलाउन मुस्किल भईरहेको उनीहरुको धारणा रहेको छ ।

प्राधिकरणले लाईसेन्स वितरण गर्ने काम मात्रै गर्यो नेपालमा संचालित ब्रोकर कम्पनीहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा भने कुनै ठोस निष्कर्ष नदिएको उनीहरुको धारणा छ ।

एक पुनर्बीमा ब्रोकर कम्पनीका सञ्चालकले भने, ‘लाईसेन्स दिइयो, विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन, नेपाली कम्पनीलाई काम गर्न वातारण नै छैन ।’ पुनर्बीमा ब्रोकर कम्पनीहरु यस बिषयमा प्राधिकरणसँग छलफलमा जाँदा पनि यस बिषयमा चासो नदिएको उनीहरु बताँउछन् ।

नेपालमा पुनर्बीमा ब्रोकर कम्पनी नभएर विदेशी ब्रोकरको हातमा पुनर्बीमाको काम विदेशी दलालको हातमा भएको भन्दै नेपालमा संचालका लागि प्राधिकरणले लाईसेन्स दिएको थियो । प्राधिकरणले नेपाली पुनर्बीमा कम्पनीहरुलाई लाइसेन्स दिएपनि वेवास्ता गर्दैे आएको हुँदा उनीहरुलाई व्यवासाय भित्र्याउन नै सास्ती हुन थालेको पुनर्बीमा ब्रोकर कम्पनीका अधिकारीहरुको गुनासो छ ।

‘पुनर्बीमा दलाल’ भनेको बीमा कम्पनी र पूनर्बीमा कम्पनीबीच काम गर्ने दलाल कम्पनी हो । पुनर्बीमा ब्रोकर कम्पनीले सिधैं बीमा कम्पनीबाट व्यवसाय लिन पाउँदैन । स्वदेशी वा विदेशी पुनर्बीमा कम्पनीको लागि मात्रै व्यवसाय लिएर पठाउन र जोखिम व्यवस्थापन गर्न पाउँछन् ।
पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न उच्च दक्षतायुक्त जनशक्ति, जोखिम व्यवस्थापन लगायतका उच्च तहको व्यवस्थापन जरुरी हुन्छ ।

नेपालमा पुनर्बीमा व्यवसाय सञ्चालनका लागि पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ जारी गरेपछि नेपालमा पनि ब्रोकर कम्पनीहरु क्रमशः बढ्दै गएको थियो ।

बीमा प्राधिकरणले वेवास्ता गर्दा समस्यामा पर्न थालेको एक ब्रोकर कम्पनीका सिईओले बताए । यद्यपि नेपालमा पुनर्बीमा कम्पनी ब्रोकर कम्पनी सञ्चालन गर्न धेरै प्रकारका समस्याहरु छन् । पुनर्बीमा ब्रोकर कम्पनीले नेपाली बीमा कम्पनीबाट व्यवसाय लिएर मात्रै पनि हुँदैन ।

विदेशी पुनर्बीमा कम्पनीले पनि व्यवसाय स्वीका गर्नुपर्दछ भने पुनर्बीमा शुल्क बाँडफाँड, जोखिम बाँडफाँड र अण्डरराईटिङका लागि धेरै काम गर्नुपर्ने भएकोले पुनर्बीमा ब्रोकर कम्पनीहरुले अपेक्षाकृत व्यवसाय गर्न सकेका छैनन् ।
हाल नेपालमा ट्रस्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि, एसटिसी पुनर्बीमा ब्रोकर प्रा. लि, फेडरल पुनर्बीमा ब्रोकर्स लिमिटेड, हब पुनर्बीमा ब्रोकर प्रा. लि, ग्लोबल इन्स्योरेन्स र पुनर्बीमा ब्रोकर प्रा. लि., अलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रा. लि, शुभ पुनर्बीमा सेवा प्रा. लि., एओन पुनर्बीमा ब्रोकर्स प्रा. लि, एलाइड इन्स्योरेन्स ब्रोकर्स प्रा. लि., जेबी बोडा इन्स्योरेन्स, पुनर्बीमा ब्रोकर्स प्रा. लि, लर्ड बुद्ध पुनर्बीमा ब्रोकिङ कम्पनी प्रा. लि, श्रीधर इन्स्योरेन्स ब्रोकर प्रा. लि, फर्स्ट पोलिसी इन्स्योरेन्स ब्रोकर्स प्रा. लि., मार्बल पुनर्बीमा ब्रोकर्स प्रा. लि. सिनर्जी पुनर्बीमा विशेषज्ञ लाबुआन लिमिटेड ब्रोकर कम्पनीहरु संचालनमा रहेका छन् ।

नियामक नेपाल बीमा प्राधिकरणले भने पुनर्बीमा ब्रोकर कम्पनीहरुले प्रतिस्पर्धा गर्छु भनेर लाइसेन्स लगेको बताउँदै ब्रोकर कम्पनीहरुले आफ्नो दक्षता बृद्धि गरेर नेपालभित्र र नेपाल बाहिर व्यवसाय खोज्नुपर्ने बताउँदै आएको छ । केही दिन पहिले नेपाल बीमा प्राधिकरण र नयाँ ब्रोकर कम्पनीहरुका बीचमा गत साता सम्पन्न भएको छलफलमा ब्रोकर कम्पनीहरुले नेपाल बीमा व्यवसाय ब्रोकर कम्पनीहरुबाट मात्रै दिनुपर्ने लगायतका मागहरु राखेका थिए । उक्त प्रस्ताव प्राधिकरणले ठाडै अस्वीकार गरेको स्रोतले जनाएको छ ।

बीमा प्राधिकरणले पुनर्बीमा ब्रोकर कम्पनीहरुमा अण्डरराईटिङ, जोखिम बाँडफाँड लगायतका प्राविधिक रुपमा तयार हुन बाँकी रहेको, विज्ञताको थप विकास गर्नुपर्ने अवस्था रहेको र डलरमा खाता खोल्ने समस्याहरु पहिचान गरेको जनाउँदै विस्तार विकास गर्दै र समस्याहरुको समाधान गर्दै अघि बढ्ने जनाएको छ ।

डलरमा खाता खोल्न नपाउँदा पुनर्बीमा कम्पनीहरुले पाएको व्यवसाय पनि व्यवसाय लिने अवस्था नभएको देखिएको छ । सानो पुँजि, भर्खरै सुरु भएको व्यवसाय सुरुवात भएकोले हालसम्म पुनर्बीमा ब्रोकर कम्पनीहरुले अपेक्षाकृत व्यवसाय गर्न सकेका छैनन् । अधिकांश पुनर्बीमा ब्रोकर कम्पनीहरुको व्यवसाय गर्न सकेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*