नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण: जीवन बीमातर्फको मुनाफा बढ्यो, निर्जिवनको घट्यो

२८ भाद्र २०८०, बिहीबार ०८:४०

नेपाल पुनबीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा घटेको छ भने जीवन बीमातर्फ नाफा वृद्धि भएको छ।

अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बीमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत वर्ष चैतसम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष चैत मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा जीवन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बीैमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बीमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बीमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*