बीमा र ३६० हेल्थ सुविधा समावेश गरिएको एकीकृत ग्राहक एपका बिशेषताहरु यस्ता छन्

३० भाद्र २०८०, शनिबार १४:०८

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन वाई मेट लाइफ सार्वजनिक गरेको छ ।

एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सन्जिव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो ।

वन वाई मेट लाइफ ले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरुलाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउँछ । मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रीमियम गणना गर्न, एजेन्टहरुलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् ।

वन वाई मेट लाइफ को एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरुलाई डिजिटल बीमा सेवाहरुसँग सहज रुपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरुलाई उनीहरुको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रुपमा प्रबन्ध गर्न मिलोस् भनि श्रृजना गरिएको हो । यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरु लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाई जनसंख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षघात जस्ता गम्भिर रोगहरु मृत्युको प्रमुख कारणहरु हुन् ।

३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरुले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरुको निगरानी विनाहको कृत्रिम बौद्घिकता द्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्छन् । यसबाट उनीहरुले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट दोस्रो राय लिने जस्ता सेवाहरुको उपभोग समेत गर्न सक्छन् । यसमा गैर ग्राहकहरुका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् ।

बृहत नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले जनाउनु भएको छ । वहाँका अनुसार वन वाई मेट लाइफ र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरुमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको छ ।

कोरिया, चीन, अष्ट्रेलिया, बंगलादेश र संयूक्त अरब इमिरेट्सका उपभोक्ताहरुका लागि पहिले नै उपलब्ध रहेको पुरस्कार विजेता ३६०हेल्थ सार्वजनिक गर्ने नेपाल एसियाको सबैभन्दा नयाँ बजार हो । यस एपले यी देशहरुमा २५ भन्दा बढी पुरुस्कारहरु जम्मा गरेको छ ।

कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ्ग अधिकृत सन्जिव कपुरले ३६०हेल्थको विश्वव्यापि विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकहरुको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरुको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरु प्रदान गर्न कम्पनी सदैव प्रतिबद्घ रहेको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*