हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो आवेदन, प्रतिकित्ता कति ?

३१ भाद्र २०८०, आईतवार १३:३४

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ ।

बोर्डले अनुमति दिएमो कम्पनीले ३ करोड कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गरेपछि ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउने छ ।

कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ७ अर्ब रुपैयाँ रहेको छ। प्रिमियममा आइपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजि १० अर्ब रुपैयाँ पुग्नेछ भने ३ अर्ब २४ करोड रुपैयाँ कोषमा संञित रह्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*