आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने अल्टिमा अनलाईन मेलामा – बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा एटोम ५२० वा अल्टिमा एटोम ३२० खरिद गर्ने ५ सय जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका नबमनभतक हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन्