गणपति लघुवित्तमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

१ आश्विन २०८०, सोमबार १५:३१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदको कार्यकारिणी श्रेणीमा कर्मचारी माग गरेको छ ।

आवेदनका लागि मान्यता प्राप्त संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकीय तहमा रही कम्तिमा ५ वर्ष कार्यानुभव भएको वा स्नातक तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

उमेरको हदभने ३५ वर्ष पुरा भई ५० ननाघेको हुनुपर्नेछ । आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असोज १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*