दुई महिनामा करिब ६८ अर्ब राजस्व संकलन
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को साउन र भदौ महिनामा ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।
भन्सार विभागले भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रुपैयाँको राजस्व संकलनको लक्ष्य पाएको थियो । लक्ष्य अनुसारको तुलनामा ७६ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार स्रोतले बताएको छ ।
सरकारको गत आर्थिक वर्षको तुलनामा आयात घटेको छ । करका दरहरुमा परिवर्तन गरिएको र भ्याट छुटका सूची घटाएका कारणले पनि राजस्व बढेको भन्सार स्रोतले बताएका छन् ।