जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी ४७ प्रतिशतले बृद्धि, कसको बक्यौता कति ?

१ आश्विन २०८०, सोमबार १९:११

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रु पाँच अर्ब २२ करोड ५७ लाख नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले बक्यौता दावी भुक्तानी रकम ४७.५९ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

अघिल्लो आवमा जम्मा तीन अर्ब ५४ करोड बक्यौता रहेकोमा गत असार मसान्तसम्ममा बृद्धि भई पाँच अर्ब नाघेको हो । बीमा प्राधिकरणले दावी भुक्तानी वर्ष मनाएकै बेला जीवन बीमा कम्पनीहरुको बक्यौता बढेको देखिएको छ ।

तथ्याङ्क अनुसार सानिमा रिलायन्स लाइफको सबैभन्दा धेरै एक अर्ब ६८ करोड बक्यौता रहेको देखिएको छ । दोस्रो स्थानमा नेपाल लाइफ रहेको छ । सो कम्पनीको एक अर्ब ३८ करोड बक्यौता रहेको देखिएको छ ।

त्यस्तै, तेस्रो स्थानमा नेशनल लाइफ रहेको छ । सो कम्पनीको बक्यौता दावी भुक्तानी उल्लेख्य बृद्धि भई ८२ करोड पुगेको छल ।

अमेरिकी जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफको बक्यौता दावी भुक्तानी रकम अघिल्लो आवको तुलनामा १० प्रतिशतले घटेर ६२ करोड ५० लाख कायम हुन आएको छ ।

त्यस्तै, सिटिजन लाइफको १४ करोड, एशियन लाइफको सात करोड, हिमालयन लाइफको चार करोड, सूर्यज्योति लाइफको दुई करोड, प्रभु महालक्ष्मी लाइफको एक करोड १८ लाख, सन नेपाल लाइफको ९७ लाख, आइएमई लाइफको ६६ लाख र रिलायबल नेपाल लाइफको ४५ लाख रुपैयाँ बक्यौता रहेको देखिएको छ ।

उता, सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले भने नियामकलाई नै अटेर गर्दै बक्यौता रकम नै सार्वजनिक गरेको छैन ।

नोटः यसअघि संख्यात्मक त्रुटीका कारण गलत तथ्याङ्क प्रकाशित भएकोमा भुलसुधारसहित सम्पादन गरिएको छ । सं.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*