नेपाल पुनर्बीमा कम्पनीको करिब २० लाख कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

२ आश्विन २०८०, मंगलवार १२:२५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि १९ लाख ७९ हजार ४२४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ । बिक्रीमा ल्याएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ ।

आवेदन कात्तिक १० गते अपराह्न २ बजेसम्म दिन सकिनेछ । आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*