अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, १ डलर किन्न १३३ रुपैयाँ ५४ पैसा चाहिने

२ आश्विन २०८०, मंगलवार १२:३६

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो ।

लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो ।

लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*