नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने

८ आश्विन २०८०, सोमबार ०८:५३

नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

यो सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १४ गतेसम्म तोकिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*