जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा खर्चिए साढे सात करोड, कुनले कति ? (सूचीसहित)

९ आश्विन २०८०, मंगलवार १७:४८

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षण शुल्क वापत ७ करोड ५७ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले यस्तो देखाएको छ ।

कम्पनीहरुले आफ्ना बीमितहरुको स्वास्थ्य परिक्षण शुल्कको आधारमा नेशनल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले १ करोड ५३ लाख रुपैयाँ बराबरको स्वास्थ्य परिक्षण गरेको छ ।

समीक्षा अवधिमा नेपाल लाइफले १ करोड २७ लाख रुपैयाँ, हिमालयन लाइफले ६९ लाख ५० हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ६७ लाख ३९ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्सले ६६ लाख ९० हजार रुपैयाँ, सूर्यज्योति लाइफले ५६ लाख ८४ हजार रुपैयाँ, सिटिजन लाइफले ५५ लाख रुपैयाँ, एशियन लाइफले ३१ लाख रुपैयाँ स्वास्थ्य परिक्षण शुल्क वापत भुक्तानी गरेको छ ।

यसका साथै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले २९ लाख रुपैयाँ, आइएमई लाइफले २२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २० लाख रुपैयाँ, सन नेपाल लाइफले १९ लाख रुपैयाँ, मेट लाइफ र सानिमा रिलायन्सले १८ लाख रुपैयाँ स्वास्थ्य परिक्षण शुल्क वापत भुक्तानी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*