सिआईबीले गतिलो अनुसन्धान नगर्दा फिफिअका नेपाली एजेन्टहरु धमाधम भाग्दै, १० हजार नेपालीको अर्बौ रुपैयाँ डुब्यो

१० आश्विन २०८०, बुधबार ०८:४०

काठमाडौं । सिआईबीले सूचना पाएर पनि गहिरो अनुसन्धान नगर्दा अनलाईन जुवा धन्दा फिफिअका नेपाली एजेन्टहरु भाग्न सफल भएका छन् । यसअघि गत असार १३ गते बीमापोष्टले फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठको धन्दाको बारेमा समाचार प्रकाशित गरेर नेपाल प्रहरीको केन्द्रीय अनुुन्धान ब्यूरो सिआईबीकी प्रमुख्र किरण बज्राचार्यलाई बुझाएको भएपनि गहिरो अनुसन्धान गर्न ढिलाई भएको थियो ।

सिआईबीले गहिरो अनुसन्धान नगरी गत साता सामान्य कर्मचारीलाई पक्राउ गरेर केही लाखको मुद्दा दर्ता गरेको छ । बीमापोष्टलाई प्राप्त सूचनामा फिफिअमा अर्बौ रुपैयाँको ठगी धन्दा चलेको छ । फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठद र हङकङकी जिया मेग्कान नामक युवती मिलेर फिफिअको धन्दा नेपालमा चलाउँदै आएका थिए ।

पछिल्लो समय उपत्यका अपराध अनुसन्धान महाशाखाले टोखा बस्ने दादिला शेर्पालाई पक्राउ गरेको छ । शेर्पा पक्राउ परेपछि फिफिअका नेपाली एजेन्टहरु धमाधम देश छोडेर भाग्न थालेका छन् । फिफिअभित्रका एक स्रोतले जनाए अनुसार प्रहरीको एक्सनपछि फिफिअ एकाउन्टबाट रकम झिक्न रोक लगाइएको छ । मुनाफा हुने आशामा अर्बौ रुपैयाँ लगानी गरेका नेपालीहरुको फिफिअ एकाउन्टबाट रकम झिक्न समेत नपाएपछि तनावमा पर्न थालेका छन् । एक पीडितले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई दिएको जानकारी अनुसार फिफिअमा काठमाडौंभित्र र बाहिरबाट समेत करिब दश हजार जनाले अर्बौ रुपैयाँ लगानी गरेका छन् । उनीहरुले सुरुमा सार्वजनिक कार्यक्रम गर्दै प्रचार प्रसार समेत गरेका थिए ।

फिफिअ अनलाईन जुवाको धन्दा हो । सो धन्दामा खल्ती भुक्तानी एप मार्फत रकम भुक्तानी दिने फिफिअले प्रचार गरेको छ । बीमापोष्टलाई प्राप्त प्रमाण, तथ्यहरुमा फिफिअ नामक एपले डिजिटल वालेट शैलीमा नेपालमा काम गरिरहेको छ । तर, रकम झिक्न भने खल्तीको गोप्य संलग्नता रहेको देखिएको छ । हालसम्म फिफिअ एपमा हजारौं नेपालीहरुले खल्तीमार्फत अर्बौ रुपैयाँ लोड गरिसकेका छन् । सो रकम विभिन्न च्यानलबाट देशबाहिर पुगिसकेको छ ।

अर्बौ रुपैयाँ कुम्ल्याएपछि फिफिअका सामान्य कर्मचारी पक्राउ पर्नु र सिईआईबीले सूचना पाएर पनि कारवाही नगर्नुले फिफिअ काण्डमा राजनीतिक संलग्नताको आशंका गरिएको छ । बीमापोष्टले उतिबेला फिफिअका एजेन्टहरुले चाबहिलस्थित एक होटलमा सार्वजनिक कार्यक्रम गरेको भिडियोसहित समाचार प्रकाशित गरेर सिआईबीकी प्रमुख बज्राचार्यलाई नेपाल पर्यटन बोर्डमा भेटेर सूचना दिएको थियो । हाल फिफिअले उक्त भिडियो हटाइसकेको छ ।

 

बीमापोष्टमा प्रकाशित फिफिअका मुख्य योजना र नेपाली एजेन्टबारेको समाचार हेरौं ।

फिफिअ अनलाईन ठगीधन्दा मौलाउँदै, हजारौं नेपालीले नेटवर्किङमार्फत अर्बौ रुपैयाँ डुबाए

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*