निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुनमा कति ? (तथ्यांकसहित)

११ आश्विन २०८०, बिहीबार १३:३६

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को भदौ महिनामा कुल सात अर्ब ८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमाशुल्कको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । भदौ महिनामा बीमा कम्पनीहरुले यस प्रदेशबाट विभिन्न बीमालेख बिक्री गरी चार अर्ब ८६ करोड १३ लाख रुपैयाँबको व्यवसाय गरेको छ । देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । भदौ महिनामा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ६० करोड १ लाख ६९ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै, बीमा कम्पनीहरुले भदौ महिनामा कोशी प्रदेशबाट ५८ करोड १५ लाख रुपैयाँ, मधेश प्रदेशबाट ४७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । यसका साथै, गण्डकी प्रदेशबाट साउन महिनामा ३७ करोड ११ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट पाँच करोड १९ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट १४ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । संघिय राजधानीबाट लामो दुरीमा रहेको र शिक्षा तथा बीमा जनचेतनाको अभाव लगायत अन्य थुप्रै कारणले बीमा व्यापार घटेको प्रकाशित तथ्थांकले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*