नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर वितरण

२२ आश्विन २०८०, सोमबार १३:११

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ४.७५ प्रतिशत बोनश शेयर वितरण गरेको छ ।

कम्पनीले असार १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर असार ६ गतेसम्म कायम शेयरधनीहरुलाई असोज १९ गतेदेखि वितरण गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, असार ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनश शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*