नेपाल पुनर्बीमा कम्पनीकोे झण्डै २० लाख कित्ता संस्थापक शेयर लिलामीमा

२४ आश्विन २०८०, बुधबार १०:५०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर लिलामीमा राखेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्था वा व्यक्तिहरुले कार्तिक २३ गतेसम्म खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३५५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य तोकी आवेदन पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतममा १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*