हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

२७ आश्विन २०८०, शनिबार १७:५१

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले जीवन बीमा मृत्यु दावी वापत ८ लाख १२ हजार ७ सात सय रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित तान्छोक्पा हाङ्ग सुब्बाकी आमा मेरिना लिम्बुलाई मेचीनगर १० धुलाबारीस्थित उहाँको घरमै गई सो रकम भुक्तानी गरेको हो ।

साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ बर्षअघि सात लाखको बाल सावधिक जीबन बीमा गरेका सुब्बाको दुर्घटनामा परी मृत्यु भएको थियो ।

कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारी तथा मेचीनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष नारायण खनालले मृतककी आमा मेरिना लिम्बुलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक हस्तान्तरण गर्दै वडा अध्यक्षले समयमा नै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए । साथै मृतककी आमाले सो रकमको सही सदुपयोग गर्ने बताइन् ।

कार्यक्रममा धुलाबारी शाखा प्रमुख, गोपाल दाहाल, बिर्तामोडका मार्केटिङ कर्मचारी अखिल बोहोरा, भीम खनाल तथा एजेन्सी मेनेजर पवित्रा प्रसाई, श्याम रिजाल, संजीव पाण्डे, अभिकर्ता स्थानीयका बीच कार्यक्रम गरिएको थियो । कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको शाखा प्रमुखले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*