हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बोर्डको अनुमति

१ कार्तिक २०८०, बुधबार १६:२०

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति पाएको हो । यसअघि कम्पनीले अंकित मूल्यमा १०८ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको थियो ।

अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ । सोबाट कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*