नेपाल पुनर्बीमाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

१२ कार्तिक २०८०, आईतवार ११:४५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।कम्पनीले कात्तिक ३ गतेदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको यो सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम २७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*