अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा २ हजारभन्दा बढीको सहभागीता, नेपालका दुई पुनर्बीमा कम्पनीको उपस्थिती

१४ कार्तिक २०८०, मंगलवार १६:५१

काठमाडौं ।  सिंगापुरमा भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन हिजोदखि सुरु भएको छ । तीन दिने सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी बीमाकर्मीहरुको उपस्थितीमा उक्त सम्मेलन आयोजना गरिएको हो ।कार्यक्रममा सहभागी हुन नेपालबाट पुनबीमा, बीमक, ब्रोकर कम्पनीहरु पनि उपस्थिती रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीबाट सहायक प्रमुख कार्यकारी दामोदर भण्डारी, कम्पनीको संचालकको तर्फबाट राष्ट्रिय बीमा कम्पनीका शेखर बराल र अन्डरराईटिङ डिर्पाटमेन्टका कर्मचारी सहभागी भएका छन् ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको तर्फबाट कम्पनीका सिईओ उपासना पौडेल सहित उच्च तहका कर्मचारीहरु कार्यक्रममा सहभागी हुन पुगेका छन् ।

सम्मेलनमा विभिन्न राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहेको छ । बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न सम्मेलन आयोजना गर्न गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*