बिशाल गुप्रले बिक्री गर्न लागेको नेपाल पुनर्बीमाको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

१४ आश्विन २०८०, आईतवार ११:५१

बिशाल गुप्रले बिक्री गर्न लागेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ।असोज ८ गतेबाट बिक्रीमा राखेको विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयरमा खरिद आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ ।

लिलामीमा राखिएको सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*